चीनकाे कूटनीतिक उपलब्धीकाे विज्ञले गरे प्रशंसा‍

180476270yi wang

बेइजिङ। विदेशी विशेषज्ञहरूद्वारा चीनले पछिल्लो समय कूटनीतिकरूपमा उपलब्धी हासिल गरेको भनी दिएको भनाइप्रति चीनका परराष्ट्रमन्त्री वाङ यीले आभार प्रकट गरेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको जन कांग्रेस चलिरहेका समय चीनमा रहेका विदेशी कूटनीतिक विज्ञद्वारा गरिएको उच्च मूल्यांकनले चीनलाई थप जिम्मेवार बन्न प्रेरित गरेको उनकाे भनाइ थियो।

उनीहरूले विश्व शान्तिको सुरक्षा र मानवजातिको प्रगतिलाई अघि बढाउनका लागि चीनले अझ बढी योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।

टर्कीका चीन विज्ञ गिराय फिदानले चिनियाँ कूटनीतिक सिद्धान्तको समीक्षा गर्दा साझा जीतको सिद्धान्त रहेको विचार पाेखे। उनले भने, 'बेल्ट एन्ड रोड’ले वरिपरिका देशबीच आर्थिक सहयोगलाई घच्घच्याउनुका साथै मानव सभ्यताको आदान–प्रदानलाई प्रत्यक्ष रूपमा बढाएर धेरै नयाँ मञ्च र नयाँ मौका दिएको छ।'

यसैगरी ‘बेल्ट एन्ड रोड’ प्रस्तावसँग महत्वपूर्ण ऐतिहासिक अर्थ रहेकोले हालसम्म आधारभूत प्रबन्धको निर्माणमा आश्चर्यलाग्दो उपलब्धी हासिल गरेको अमेरिकी पत्रिका ‘एक्सचेन्ज इन्टेलिजेन्स रिभ्यू’अन्तर्गत वासिङ्टन शाखाका प्रमुख विलियम जोनले बताए।

रूस–चीन विश्लेषण केन्द्रका प्रमुख सेर्गेइ सानाकोयभले भने, 'चीनले विभिन्न मुलुकसँग नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गरिरहेको छ। यो नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध अति आकर्षक भएर झन-झन बढी देशहरूले चीनसँग सहकार्यको रूचि देखाएका छन्।'

त्यस्तै दक्षिण कोरियाली सुङ्क्युन क्वान विश्वविद्यालयअन्तर्गत चीन अनुसन्धान व्युरोका प्रमुख ली ही ओकले पूर्वी एसियाको ठूलो मुलुकको हैसियतमा विभिन्न देशबीच मतभेदको सामना र सहयोगको प्रवर्द्धनमा चीनले महत्वपूर्ण भूमिका खेलेको बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...