श्रीमतीकाे हत्या गर्नेलाई जन्मकैद

Jail

दुल्लु। दैलेखको नौमूले गाउँपालिका–७ पैतिका ५४ वर्षीय दलबहादुर बस्नेतलाई जिल्ला अदालतले जन्मकैदकाे फैसला सुनाएको छ।

श्रीमतीको हत्या गरेको अभियोगमा बस्नेतलाई जन्मकैदको फैसला गरिएको दैलेख जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिए।

जिल्ला न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले आइतबार उक्त फैसला गरेको हो। विसं २०७४ साउन २ गते दलबहादुरले कान्छी श्रीमती हरिकला बस्नेतलाई कुटपिट गरेर हत्या गरेका थिए। उनकाे शव घरकै बार्दलीमा झुण्ड्याइएकाे अवस्थामा भेटिएकाे थियाे।

अदालतले सो घटनामा दलबहादुरकी जेठी श्रीमती रामसराको सङ्लग्नता नपाइएको भन्दै सफाइ दिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...