अज्ञात समूहको आक्रमणबाट रुपन्देहीमा एक युवकको मृत्यु

Death

बुटवल। रुपन्देहीको देवदहमा अज्ञात समूहको आक्रमणबाट एक जना युवकको मृत्यु भएको छ।

उनलाई ढुङ्गाले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ। आइतबार साँझ मोटरसाइकलमा सवार देवदह-५ का अन्दाजी २० वर्षीय अमिस पुरीलाई स्थानिय युवाहरुले ढुङ्गाले आक्रमण गरेको र आक्रमणका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

देवदह प्रहरी चौकी खैरनीका प्रहरी नायब निरीक्षक भरत थापाका अनुसार मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनलाई अज्ञात समूहले आक्रमण गरेको थियो।

ढुङ्गा प्रहारबाट गम्भीर घाइते पुरीको उपचारका लागि देवदह मेडिकल कलेज भलुही लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

घटनामा सम्लग्न भएको आशंकामा एक जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए। आक्रमण किन र कसरी भयो भन्ने नखुले पनि दिउँसो देवदहमा आयोजित मेलामाती युवा र स्थानिय युवाबीच झगडा भएको र त्यही इगोका कारण उनीमाथि ढुङ्गा प्रहार गरिएकाे हुनसक्ने प्रहरीले आशंका गरेको छ।

आक्रमण गर्ने समूहकाे खोजी तीव्र पारिएको प्रहरीले बताएको छ।

पुरीको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। छोरोको मृत्युको घटनापछि बेहोस बनेका उनका बाबुआमाकाे गौतम बुद्ध मुटु अस्पतालमा उपचार भइरहेकाे छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...