आइएसको कब्जामा रहेको बागुज गाउँमा अमेरिकी सेनाद्वारा आक्रमण

3c7kjfhlksaukwcstuiz

काठमाडौं । इस्लामिक स्टेट (आइएस) समूहको कब्जामा रहेको सिरियाको एक भूभागमा अमेरिकी गठबन्धन सेनाले भीषण कारबाही सुरु गरेको छ ।

आइएसको अन्तिम कब्जामा रहेको बागुज गाउँमा अमेरिकी सहयोग रहेको सिरियाली डेमोक्रेटिक फोर्सले आक्रमण सुरु गरेको हो ।

यो क्षेत्रमा अझै आइएसका कयौं लडाकु रहेको बताइएको छ । आइएसको नियन्त्रण रहेको क्षेत्रलाई घेराबन्दी गरेर प्रवेश गरेको सेनाले कारबाही गरिरहेको छ ।

सिरियाको बागुज गाउँलाई कुर्द र अरब सेनाले घेरा हालेका छन् । आइएसका लडाकुले यो स्थानबाट नागरिकलाई बाहिर निकाल्न भन्दै आफ्नो अभियान रोकेका बेला गठबन्धन सेनाले आक्रमण गरेको हो ।

सिरियाली डेमोक्रेटिक फोर्सले पछिल्ला दिनमा आइएसमाथिको कारबाहीमा सफलता पाउँदै आएको छ ।

फोर्सका एक लडाकूले आइएसले नियन्त्रणमा लिएको क्षेत्रमा आफूहरु प्रवेश गरेको र यो निकै ठूलो क्षेत्र भएको पनि बताएका छन् ।

अहिले आइएसलाई एउटा सिमित क्षेत्रमा समेटिएको उनले बताए । यसअघि सिरियाको निकै ठूलो भूभाग आइएसले कब्जा लिएको भए पनि त्यहाँबाट उसलाई भगाइँदै आएको छ ।

पश्चिमा मुलुकको सहयोग पाएको सिरियाली डेमोक्रेटिक फोर्सले आइएसलाई धपाउन सफल हुँदै आएको हो ।

फोर्सका प्रवक्ता मुस्तफा बालीले पछिल्ला दिनमा आइएसलाई ठूलो क्षति भएको बताए ।

उनले गठबन्धन सेनाले आइएसविरुद्ध बमबारी जारी राखेको जानकारी दिए । गठबन्धन सेनाले यो गाउँमा १ हजार ५ सयसम्म आइएसका लडाकू भएको अनुमान गरेको छ ।

केही समयअघि यो गाउँबाट हजारौं महिला र बालबालिका सुरक्षित रुपमा बाहिर निकालिएको थियो ।(एजेन्सी)

प्रतिकृया दिनुहोस