अमेरिकी ‘कू’ असफल पारेको भन्दै माडुरोले दिए सेनालाई धन्यवाद

587876345maduro pe3vnzz8x5

काठमाडौं । भेनुजुएलाका राष्ट्रपति निकोलास माडुरोले सेनालाई आफूसँग वफादार रहेर अमेरिका र विपक्षी नेता हुवान गुइडोको ‘कू’ को प्रयासलाई असफल बनाएको भन्दै धन्यवाद दिएका छन् ।

एक र्यालीलाई सम्बोधन गर्दै माडुरोले भेनेजुएलामा भइरहेको विद्युत कटौतीमा विपक्षीले गरेको साइबर हमला जिम्मेवार रहेको पनि आरोप लगाए ।

सरकार समर्थक र विपक्षीहरुले विरोधका कार्यक्रम आयोजना गरिरहँदा मोडुरोले सो कुरा बताएका हुन् । राजधानी काराकासमा भने गुइडोका समर्थक र प्रहरीबीच झडप भएको थियो ।

गत जनवरी २३ मा गुइडोले आफूलाई देशको राष्ट्रपति घोषणा गरे पनि माडुरोले सेना, रसिया र चीनको समर्थन पाएका छन् ।

राष्ट्रपति भवन सामुन्ने आयोजित सभालाई सम्बोधन गर्दै माडुरोले गुइडोलाई ‘कठपुतली’को पनि संज्ञा दिए ।

‘उनीहरुले सेनालाई आह्वान गरेर सैनिक कू गर्न चाहन्थे तर उनीहरुको जवाफ स्पष्ट थियो –उनीहरुले ‘कू’का योजनाकारहरुलाई परास्त गरेका छन्,’ उनले भने ।

यता, विपक्षीहरुको र्यालीलाई सम्बोधन गर्दै गुइडोले आफू देशव्यापी दौडाहामा जाने र समर्थकहरुलाई काराकासमा हुने विरोध र्यालीमा आउन आह्वान गर्ने बताए ।

प्रतिकृया दिनुहोस