रेश्मा हत्या प्रकरण : विदेशमा रहेकी नेपाली महिलाद्धारा पीडित परिवारलाई ५० हजार सहयोग

Paisa

धनुषा । बलात्कारपश्चात हत्या गरेर जलाइएकी धनुषाको मिथिला नगरपालिका-३ हरिहरपुर मगरटोलकी रेश्माको परिवारलाई पच्चास हजार सहयोग आएको छ ।

विदेशमा बस्दै आएकी एक नेपाली महिलाले रेश्मा रसाइलीको परिवारलाई किरिया खर्च पठाएकी छन् ।

वैदेशिक रोजगारीको शिलशिलामा हाल इजरायलमा रहेकी सर्लाहीको बरहथवा निवासी सरिन तामाङ्गले किरिया खर्च र घर निर्माणका लागि ५० हजार पीडित परिवारलाई उपलब्ध गराएकी हुन् ।

गत फागुन १ गते राति रेश्माको बलात्कारपछि हत्या गरेर जलाएको अवस्थामा शव फेला परेको थियो ।रेश्माको हत्याअघि आगलागीबाट उनको घर जलेको थियो ।

फागुन २३ गते अन्नपूर्ण पोस्ट्मा ’आगजनी पीडितलाई किरिया खर्चको पिरलो’ भन्ने शीर्षकको समाचार प्रकाशन भएको थियो ।

जनकपुरका सामाजिक अभियन्ता सरोज रायमार्फत तमाङ्गले रकम उपलब्ध गराएकी हुन् । स्थानीय, प्रदेश, संघीय सरकारबाट पीडित परिवारलाई कुनै राहत उपलब्ध गराएको छैन ।

रेश्माका बुवा देवनारायण तथा हजुर आमा सूर्यमाया रसाइलीको लागि घर निर्माण गर्न रेश्मा घर निर्माण समिति गठन गरिएको छ ।

स्थानीय युवा सञ्जय कुमार कोइरालको अध्यक्षतामा सात सदस्यीय एक समिति गठन गरिएको छ ।

शुक्रबार पीडितको घरमा रेश्मा संघर्ष समितिको अध्यक्ष उमेशजंग गजमेरको अध्यक्षतामा बसेको बैठकले सात सदस्य रेश्मा घर निर्माण समिति गठन गरेर रेश्माको घर बनाउने अभियान चलाउने निर्णय पनि गरेको छ ।

रेश्मा परिवारको घर निर्माण अभियान तथा उनको न्यायका लागि सहयोग गर्न सबैमा घर निर्माण समितिका अध्यक्ष कोइरालाले सबैपक्षसँग आग्रह गरेका छन् ।

बस्ने घर, भान्छा कोठा र शौचालय निर्माणका लागि दश लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

उच्चस्तरीय छानविन समिति गठन गरेर रेश्माको घटनालाई अनुसन्धान गर्न पीडित परिवारले माग गर्दै आएका छन् ।

सामूहिक बलात्कारपछि बालिकाको हत्या गरेर जलाएको पीडित परिवारको शंका छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...