चरमपन्थी समूहद्धारा भारतीय सैनिक अपहरित

Aparahan

काठमाडौं । भारतीय सेनाका एक जवान जम्मु कश्मीरको बडगाम जिल्लाबाट अपरहणमा परेका छन् ।

घर विदामा आएका मोहम्मद यासिन भट्टलाई चरमपन्थी समूहले अपहरण गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

भट्ट एक महिनाको छुट्टि लिएर काजिपोरास्थित आफ्नो घर आएका थिए ।

शुक्रबार हतियारसहित आएका चरमपन्थीहरुले घरभित्र छिरेर भट्टलाई आफूसँगै लिएर गएको समाचारमा उल्लेख छ ।

भारतीय अधिकारीहरुका अनुसार उनको खोजी कार्य जारी छ ।

यसअघि भारतीय सेनाका एक जना जवान औरंगजेब पनि घर विदामा आएको बेला अपहरणमा परेका थिए । पछि उनको शव फेला परेको थियो ।

कश्मीर क्षेत्रमा भारत र पाकिस्तानबीच लामो समयदेखि द्वन्द्व छ ।

पाकिस्तानको संरक्षणमा रहेका आतंकवादी समूहले भारतीय सेनालाई क्षति र्पुयाइरहेको आरोप लगाउँदै आएको छ । तर, पाकिस्तानले भने त्यसलाई अस्वीकार गर्दै आएको छ ।

केही दिन अगाडि कश्मीरको पलुवा जिल्लामा आतंकवादी समूहको आक्रमणबाट भारतका ४० जना सैनिक मारिएका थिए ।

यसबाट भारत र पाकिस्तानबीच द्वन्द्व झन् चर्किएर लडाकु विमानबाट आक्रमणसम्मको स्थिति आएको थियो ।

प्रतिकृया दिनुहोस