फेसबुकलाई ‘ओपन’ बाट ‘प्राइभेट’ बनाउने तयारी

214790 mark zuckerberg

काठमाडौं । फेसबुकलाई सार्वजनिकबाट गोपनियता केन्द्रित प्लेटफर्म बनाउने तयारी थालिएको फेसबुकका संस्थापक मार्क जुकरबर्गले बताएका छन् । फेसबुकको प्राइभेट म्यासेजिङ्ग सभिर्स ओपन प्लेटफर्म भन्दा चर्चित हुने जुकरबर्गले बताएका छन् ।

उनले आफ्नो एक ब्लगमार्फत फेसबुकलाई गोपनियता केन्द्रित बनाउँदै लैजाने योजना सार्वजनिक गरेका छन् । म्यासेन्जर र ह्वाट्सएप फेसबुकको स्वामित्वमा छन् ।

पछिल्लो समय प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी भएको तथा गैरकानुनी रुपमा प्रयोग गरिएको आरोप लागेपछि फेसबुक समस्यामा छ । यहि क्रममा जुकरबर्गले फेसबुकलाई गोपनियता केन्द्रित बनाउने योजना सार्वजनिक गरेका हुन् ।

जुकरबर्गले भनेका छन्, ‘फेसबुक र इन्स्टाग्रामले मानिसहरुलाई आफ्ना प्रियजन, साथी तथा परिवारका सदस्यसँग सम्पर्कमा रहन सहयोग गरेको छ । तर मानिसहरुले यसको प्रयोग गर्दै गर्दा गोपनियता पनि चाहन्छन्, हामी यो चाह पूरा गर्ने प्रयासमा छौँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...