विमानस्थल र रेल स्टेशनमा खामभित्र विष्फोटक पदार्थ फेला

Kham boom

काठमाडौं । लण्डनका बिभिन्न विमानस्थल र रेल स्टेशनहरुमा विष्फोटक पदार्थ फेला परेका छन् ।

हिथ्रो एयरपोर्ट, लण्डन एयरपोर्ट र वाटरलु स्टेशनमा विष्फोटक पदार्थ फेला परेका हुन् । प्रहरीले यी घटनाको जाँच सुरु गरेको छ ।

प्रहरीका अनुसार विष्फोटक सामाग्रीलाई ए-फोर आकारको खामभित्र राखिएको थियो । विष्फोटक पदार्थलाई खामभित्र यसरी राखिएको थियो कि खाम खोल्नासाथ आगो लाग्ने थियो ।

विष्फोटक पदार्थले कसैलाई हानी भने नर्पुयाएको प्रहरी अधिकारीहरुले बताएका छन् । विष्फोटक पदार्थले उडान र रेलको आवागमनमा पनि असर पुगेको छैन ।

लण्डनका मेयर सादिक खानले लण्डनलाई सुरक्षित बनाउन सहयोग गरेको भन्दै सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।

यसअघि अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा र पूर्व्विदेशमन्त्री हिलारी क्लिन्टनलाई पनि हुलाकमार्फत विष्फोटक पदार्थ पठाइएको थियो । यद्यपि उनीहरुको ठेगानामा पुग्नु अगावै प्रहरीले जफत गरेपछि सम्भावित क्षति टरेको थियो ।

तर, सीएनएन टेलिभिजन च्यानलको कार्यालयमा त्यस्तै शंकास्पद बस्तु पुगेपछि समाचार कक्ष नै खालि गराउनु परेको थियो । यसलाई ‘पार्सल काण्ड’ भनेर बुझिन्छ ।

प्रतिकृया दिनुहोस