गाउँपालिका अध्यक्षको गाडीमा आगजनी, कार्यालय तोडफोड

Aaglagi  gadima

रोल्पा । मंगलबार राति अज्ञात समूहले रोल्पाको गंगादेव गाउँपालिकाका अध्यक्षको गाडीमा आगजनी गरेको छ ।

हिजोदेखि सुरु भएको स्थानीय मेलाको उद्घाटन गरी त्यहीँ बास बसेका अध्यक्ष खत्रीले ४ नम्बर वडा कार्यालय म्वालेखोलामा पार्कीङ गरीराखेको भे १ ज २७८५ नम्बरको बोलेरो जीपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको रोल्पाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए ।

यस्तै, रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालयमा पनि मंगलबार राती तोडफोडको प्रयास भएको छ ।

अज्ञात समूहले ढुङ्गा प्रहार गर्दा गाउँपालिका कार्यालयको झ्यालका सिसा फुटेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस