वायू प्रदूषणका कारण वर्षेनी ६ लाख बालबालिकाको मृत्यु

Garbage pollution 06e614e6 2a56 11e6 a271 92fd27615944 800x445

काठमाडौं । वायू प्रदुषणका कारण विश्वभर ६ लाख बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ । पर्यावरण र मानवअधिकारका संयुक्त राष्ट्रसंघले गरेको एक अध्ययन अनुसार वायू प्रदूषण्का कारण प्रत्येक वर्ष ६ लाख बालबालिकाको मृत्यु हुने गरेको छ ।

संघका विषेश दूत डेविड आर बायडले विश्वमा अहिले वायू प्रदूषणकै कारणले ७० लाख मानिसको मृत्यु असामयिक हुने गरेको छ जसमा ६ लाख बालबालिका सहभागि छन् । डेविडका अनुसार ६ अर्व मानिस अत्यधिक प्रदूषित हावामा श्वास लिइरहेका छन् जसले उनको जीवन र स्वास्थ्यमाथि नराम्रो प्रभाव पारिरहेको छ ।

संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद र विश्व स्वास्थ्य संगठनका अनुसार प्रदूषित हावामा श्वास फेर्नाले क्यान्सर, श्वास सम्बन्धी रोग र मुटु रोग तथा अन्य संक्रामक रोगले आक्रमण गरिरहेको छ ।

प्रतिकृया दिनुहोस