पूर्व राजा ज्ञानेन्द्र जिल्ला भ्रमण स्थगित गरि काठमाडौँ फर्किँदै

Gyanendra 111

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहको मध्य तराईका जिल्लाको भ्रमण तत्कालका लागि रोकिएको छ । पूर्व बडामहकारानी रत्नराज्यलक्ष्मीदेवी शाह बिरामी परेपछि ज्ञानेन्द्र आफ्नो निर्धारित भ्रमण तत्कालका लागि स्थगित गरेर काठमाडौँ आउन लागेका हुन् ।

केही समयदेखि दमकमा रहेका पूर्व राजा ज्ञानेन्द्र बुधबार काठमाडौँ फर्किने उनको निजी सचिवालयले जनाएको छ । पूर्व राजा ज्ञानेन्द्रले यो हप्ता तराईका धनुषा, सर्लाही, उदयपुर र सप्तरी जिल्लाको भ्रमण गर्ने कार्यक्रम थियो ।

तर माता रत्न छातीमा समस्या देखिएर मंगलबार नर्भिक अस्पताल भर्ना भएपछि उनी फर्किन लागेका हुन् । भ्रमणको मिति र समय पछि निर्धारण गरिने उनको निजी सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस