विवाहपूर्व शारीरिक सम्बन्ध राखेको भन्दै सार्वजनिक स्थलमा कोर्रा

948955099mnc77bnfquh0wmfoazwh

बन्दाआचेह । इन्डोनेसियाको बन्दा आचेह प्रान्तमा शारीरिक सम्बन्ध कायम गरेको आरोपमा अविवाहित ६ जोडीलाई सार्वजनिक स्थानमा कोर्रा हानिएको छ ।

गत वर्ष एक होटलमा छापा मारेर नियन्त्रणमा लिइएका उनीहरुलाई सोमबार सार्वजनिक स्थलमा सजाय दिइएको हो । समाचार एजेन्सीहरुका अनुसार सजाय पाउने दुई महिला कोर्राको पीडाले हिँड्नसमेत नसक्ने भएका थिए ।

सो प्रान्तमा विवाहपूर्व शारीरिक सम्बन्ध राख्नु, जुवातास खेल्नु जघन्य अपराध मानिन्छ । विश्वमै सर्वाधिक मुस्लिम जनसंख्या भएको यो मुलुकको बन्दा आचेह प्रान्तमा भने मुस्लिम कानुन लागू गरिएको छ ।

गत वर्ष होटलमा छामा पार्ने क्रममा १२ जना आपत्तिजनक अवस्थामा फेला परेको बताइएको छ । उनीहरुलाई सोमबार कोर्राको सजाय दिइएको हो । सार्वजनिक स्थलमा दिइएको उक्त सजाय हेर्नका लागि सयौं मानिस भेला भएका थिए ।

 

प्रतिकृया दिनुहोस