अस्थायी शिक्षकको आन्दोलन: आज देशभरको सामूदायिक विद्यालय बन्द हुने

1 1 cdoteiodls

काठमाडौं । अस्थायी शिक्षकको आन्दोलनका कारण आज देशभरको सामूदायिक विद्यालय बन्द हुने भएको छ । जागीरको ग्यारेन्टी हुनुपर्ने माग गर्दै उनीहरुले आज देशभरका सामूदायिक शैक्षिक संस्था बन्दको आह्वान गरेका हुन् । हिजो काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा राहत शिक्षक र प्रहरीबीच झडप भएको थियो ।

राहत तथा बालविकास केन्द्रमा कार्यरत शिक्षकले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आज विद्यालय बन्द गर्ने घोषणा गरेका हुन् । प्रस्तावित सङ्घीय शिक्षा विधेयकमा राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गरिनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका राहत शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको हो ।

माइतीघर मण्डलबाट नारा जुलुस गर्दै नयाँ बानेश्वर चोक जान खोजेका राहत शिक्षकलाई प्रहरीले निषेधित क्षेत्र भन्दै चोकमा पुग्नबाट रोकेको थियो । शिक्षकले जबरजस्ती गरेपछि प्रहरीले आश्रुग्याँस तथा पानीका फोहोरा हानेका थिए ।

नेपाल राहत शिक्षक केन्द्रीय सङ्घर्ष समितिका अध्यक्ष खेमराज अधिकारीले आफूहरुको माग संवोधन नभएसम्म आन्दोलन नरोकिने बताए । विद्यालयहरुमा वार्षिक परीक्षा सँगै एसइई नजिकिइरहेको बेला शिक्षकको आन्दोलनले पठनपाठन प्रभावित भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...