समुन्द्री तुफानले बालबालिकासहित १४ को मृत्यु

Samundrik tuphanmm

काठमाडौँ । अमेरिकाको अलाबामास्थिती लि काउन्टीमा समुन्द्री तुफानले बालबालिकासहित १४ जनाको ज्यान लिएको छ ।

प्रहरी अधिकारी जे जोन्सले स्थानीय मिडियालाई दिएको जानकारी अनुसार केहीलाई घटनास्थलबाट बाहिर निकालिँदै छ भने कतिलाई अस्पताल पुर्याइएको छ ।

‘निकै बाक्लो बस्तीमा तुफान आएको हुँदा भग्नावशेष अत्यधिक हुँदा समस्या थप चुलिएको छ,’ उनले सीएनएनलाई बताए ।

एलाबामा गभर्नर के आइभेले मौसममा थप गडबडी हुने भएकाले सचेत रहन स्थानीयलाई ट्वीटरमार्फत् जानकारी दिएकी छिन् ।

‘आज लि काउन्टीमा आएको समुन्द्री तुफानमा ज्यान गुमाउनेप्रति हाम्रो समवेदना छ,’ उनले लेखेकी छिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...