म्याग्दी हिमाली जिल्लामा समावेश

Myagdii jilllaaaa

म्याग्दी । म्याग्दी हिमाली जिल्लामा समावेश भएको छ । यस अघि २० वटा हिमाली जिल्ला रहेकोमा म्याग्दी थपिएसँगै अब हिमाली जिल्लाको संख्या २१ पुगेको छ । अन्नपूर्ण, बराह शिखर, निलगिरी साउथ, धौलागिरी श्रृखला, गुर्जा, चुरेन हिमाल अवस्थित म्याग्दी हिमाली जिल्लाबाट छुटेको थियो ।

राष्ट्रिय सभाले केही नेपाल ऐन संशोधन गर्न वनेको विधेयक २०७५ लाई हिजो स्वीकृत गरेसँगै म्याग्दी हिमाली जिल्ला बनेको हो । प्रतिनिधि सभाबाट यस अघि नै अनुमोदन भैसकेको विधेयक राष्ट्रपतिले स्वीकृत भएपछि लागू हुनेछ ।

हिमाल नै हिमाल रहेको र अति दुर्गम रहेको म्याग्दीमा यो सगै कर्मचारी नबस्ने समस्या हल हुने प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...