रोकेर राखेको गाडी आफै गुडेपछि एक महिला घाइते

Mirtu mahila 23

ताप्लेजुङ । जिल्ला सदरमुकाम ताप्लेजुङको व्यस्त बजार तोक्मेमा शनिबार स्टार्ट गरी रोकिराखेको गाडी आफै गुडेर बाटोमा जाँदा एक जना महिला घाइते भएकी छन् ।

शनिबार हाटबजार लाग्ने र सधैँ व्यस्त हुने ताक्मेक्षेत्रको बजारमा मे १ ज ३२०७ नम्बरको बोलेरो चालकले बन्द नगरिकन छोडेर हिडेका थिए ।

रोकेर राखेको ठाउँबाट बोलेरो आफै कुदेर जाँदा सडकमा हिडिरहेकी महिलालाई ठक्कर दिएको हो ।

ठक्करबाट मेरिङदेन गाउँपालिका २ सान्थाक्रा निवासी ४२ वर्षीया टंकमाया लिम्बू घाइते भएको प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाले बताए ।

उनको उपचार जिल्ला अस्तालमा नभएपछि धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ ।

लापारबाही गर्ने चालक दिपेश लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ थापाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...