कर्मचारी आवास भवनको शिलान्यास

Silannyas

तुलसीपुर । दाङको लमही आँखा अस्पतालमा नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित कर्मचारी आवास भवनको शिलान्यास गरिएको छ । भवनको सांसद मेटमणि चौधरीले शुक्रबार शिलान्यास गरेका हुन् ।

सांसद चौधरीले आँखा अस्पताललाई सुविधासम्पन्न गराउन आफूहरुले सक्दो सहयोग गर्ने बताए । उनले अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोष, दाङ क्षेत्र नं १ बाट रु ५० लाख रकम यस आर्थिक वर्ष विनियोजन भएको बताए ।

'आँखा अस्पताललाई नेपालकै नमूना अस्पताल बनाउनेतर्फ सबै लाग्नुपर्छ, त्यसका लागि हामीहरुको यो सहयोग पहिलो शुरुआत हो, गुरुयोजना ल्याउनुहोस् थप सहयोग खोज्नेछौँ', चौधरीले भने ।

सङ्घका केन्द्रीय सदस्य कृष्णकुमार गिरीले प्राप्त सहयोगबाट थप हौसला र अस्पतालको विकास तथा विस्तारमा लाग्न प्रेरित गरेको छ भने ।

रु एक करोड ८२ लाख खर्च लाग्ने आवास भवन बनाउन यस आर्थिक वर्षमा रु ५० लाख बराबरको काम हुने उपभोक्ता समितिका अध्यक्ष तिलक केसीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...