सांसद वैद्यद्धारा उच्चस्तरीय छानबिन आयोगको माग
काठमाडौँ । ताप्लेजुङको सिस्नेभिरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन काठमाडौँ क्षेत्र नं ४ का प्रदेश सांसद नरोत्तम वैद्यले पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न माग गरेका छन् ।
नेपाली राजनीतिका एक उदीयमान नेता तथा सरकारका जिम्मेवार मन्त्रीसँगै सात जनाको मृत्यु हुने गरी भएको दुर्घटनालाई सामान्य छानविन समिति गठन गरेर ढाकछोप गर्न खोजिएको भन्दै उनले एक विज्ञप्ति मार्फत चालकले प्रतिकूल मौसमप्रति सजग गराउँदा गराउँदै हेलिकप्टर उडाइएको र त्यसको भिडियो समेत खिचिएकोमा आशङ्का व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस