ऊर्जा मन्त्री पुन अस्पताल भर्ना

Pu hospital

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् ।

बिहीबार साँझ पुल्चोकस्थित मन्त्री क्वार्टरको शौचालयमा रिंगटा लागेर लडेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

मन्त्री पुनका निजी सचिव सन्तोष पुनले मन्त्री पुनको उपचारमा संलग्न नर्भिक अस्पतालका डाक्टर यादव भट्टलाई उद्धृत गर्दै उनको अवस्था सामान्य रहेको बताएका छन् ।

निजी सचिव सन्तोषले फेसबुकमा अपलोड गरेको फोटोमा मन्त्री पुन फ्रेस नै देखिन्छन् ।

बोलचाल तथा हिँडडुल गर्न सक्ने अवस्थामै भए पनि चिकित्सकीय निगरानीमै राख्ने निर्णय उपचार टोलीले गरेको उनले बताए । मुटुको धड्कन भने तलमाथि भएको जानकारी चिकित्सकले दिएका छन् ।

मन्त्री पुनको स्वस्थ्य अवस्था बुझ्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महरा साँझ अस्पताल पुगेका थिए । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि अस्पताल पुगेका छन् ।

निजी सचिवालयका अनुसार मन्त्री पुन बिहीबार दिनभर मन्त्री निवासस्थित क्वार्टरमै भेटघाटमा व्यस्त थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...