मन्त्री अधिकारीको शोकमा बिहीबार सार्वजनिक विदा, अधिकारीलाई राजकीय सम्मान दिइने

Rabindra adhikari 1

काठमाडौं । सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने भएको छ । केहीबेर अघि सम्पन्न मन्त्रिपरिषदको आकसिमक बैठकले सो निर्णय गरेको हो ।

सरकारले मन्त्री अधिकारीको निधनको शोकमा बिहिबार राष्ट्रिय शोक मनाउँदै देशभर र विदेशस्थित कुटनीतिक नियोगमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ ।

त्यसैगरी हेलिकप्टर दुर्घटनाका विषयमा छानविन गर्न ४ सदस्यीय छानविन समिति गठन गरेको छ । सरकारले पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेको हो ।

हेलिकप्टर उड्ने वित्तिकै केही समयभित्रै दुर्घटना भएकाले हाई अल्टिच्यूटका कारण हुन सक्ने मन्त्रिपरिषदको बैठकमा छलफल भएको थियो ।

मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा बीचैमा दुर्घटना भएको थियो ।

हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीको कार्यालयका उपसचिव युवराज दाहाल, पर्यटन मन्त्रालयका उपमहानिर्देक विरेन्द्रकुमार श्रेष्ठ, पाइलट प्रभाकर केसी, पिएसओ अर्जुन घिमिरे र विपेन्द्र प्रसाद श्रेष्ठ थिए । सबैको शब भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस