पाकिस्तानी प्रधानमन्त्री खान भन्छन्, युद्धमा जाने अवस्था आए त्यो मोदी र आफ्नो नियन्त्रणमा रहन्न

Imran khan

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले काश्मीर विवाद्लाई लिएर चलिरहेको विवाद् विग्रिएर युद्धमा जाने अवस्था आए त्यो भारतीय प्रधानमन्त्री मोदी र आफ्नो नियन्त्रणमा नरहने बताएका छन् ।

दुई भारतीय लडाकू विमान खसालेपछि देशमा नाममा सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री खानले दुई भारतीय लडाकू विमान खसालेपछि देशमा नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले यस्तो बताएका हुन् ।

ख़ानले दुई मुलुकसँग जनु हतियार छन् त्यसलाई लिएर युद्धमा गए कस्तो अवस्था आउँछ भन्ने अुनमान गर्न सकिने बताए । खानले पुलवामा हमालामा जाँच गर्न भारतलाई सघाउन आफूहरु तयार हुँदाहुँदै पनि भारतले आक्रमण गरेपछि जवाफ दिनुपरेको बताए ।

पाकिस्तानी सेनाले बुधवार दुई भारतीय लडाकू विमान खसाएको र एक पाइलटलाई नियन्त्रणमा लिएको दावी गरेको थियो । जसको भारतले पनि पुष्टि गरिसकेको छ ।

‘मेरा पाकिस्तानी, हिजोदेखि जनु हालात बनिरहेको छ त्यसबारे मैले तपाईहरुसँग के भन्नु थियो,’ आफ्नो सम्बोधनमा निकै सालिन रुपमा प्रस्तुत भएका खानले भने, ‘पुलवामापछि मैले हिन्दुस्तानलाई जाँचमा सहयोगको अफर दिएको थिएँ । मलाई थाहा छ कि यस्तो हमालामा पीडित परिवारमाथि के बित्ने गर्छ ।’

उनले बाध्यतामा आफ्नो सेनाले जवाफ दिनु परेको बताएका छन् । ‘प्रतिक्रिया जनाउनु हाम्रो बाध्यता थियो,’ खानले भने, ‘कुनै पनि सम्प्रभु मुलकु यत्तिकै चुप रहन सक्दैन् । हामी चुप लागेर आफैलाई अपराधी बनाउन सक्दैन्थ्यौं । हामीले बुधबार जवाफ दियौं र बतायौं– तपाईं हाम्रो मुलुकमा आउन सक्नुहुन्छ भने म पनि तपाईंको मुलुकमा आउन सक्छु ।’

यसैबीच पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ़ गफ़ूरले पनि आफ्नो बचाउका लागि भारतमा हमाला गर्नुपरेको बताएका छन् । ‘हामीले हमला आफ्नो बचाउका लागि गरेका हौं,’ पत्रकार सम्मेलनमा उनले भने, ‘पकिस्तानी सेनासँग जवाफ दिनुको अलवा केही विकल्प थिएन् ।’

उनले आफूहरुले शान्तिको बाटो हिँड्न चाहेको र शान्तिपूर्वक रहन पाउनु जनाताको हक भएको बताए । बसेर छलफल गर्न पनि भारतलाई आग्रह गरे । ‘आउनुहोस मिलेर बसौं र बाचचित गरौं,’ उनले आग्रह गरे, ‘पाकिस्तानको शान्तिको आग्रह भारतले सुनौंस् र फैसला गरोस् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...