हेलिकोप्टर दुर्घटना : देउवाद्वारा दु:ख व्यक्त, कारण पत्ता लगाउन सरकारलाई आग्रह

Sher bahadur 4555

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ ।

सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा उनका परिवारजन, नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

देउवाले दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै अनुसन्धान प्रक्रिया अघि बढाउन पनि आग्रह गरेका छन् ।

‘दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै गहिरो अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाउने विश्वास लिएको छु’ देउवाले भनेका छन् ।

सभापति देउवाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेको नेपाली राजनीतिका उदीयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य भएको चित्रण गरेका छन् ।

देउवाले यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको पनि बताएका छन् ।

ताप्लेजुङको पाथीभरा मन्दिरबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस