गाडीको ठक्करबाट अमेरिकामा एक नेपालीको मृत्यु

Mirtu 98798

काठमाडौँ । अमेरिकामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

नुवाकोटको पूर्वी भेगमा रहेको थानसिङ महादेवस्थान घर भएका चन्द्र भण्डारीको मृत्यु भएको परिवारजनले जनाएका छन् ।

लिखु गाउँपालिका-६ थानसिंह महादेवस्थान घर भएका भण्डारी छोरी ज्वाइलाई भेट्न चार महिना अगाडि अमेरिका पुगेका थिए ।

७२ वर्षीय भण्डारीको अमेरिकाको भर्जि्नियास्थित टाइसन कर्नरमा गाडीले ठक्कर दिँदा ज्यान गएको हो ।

जेब्रा क्रसिङ्गमा हिँड्दै गर्दा भण्डारीलाई गाडीले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको परिवारजनले जनाएका छन् ।

उनको शव नेपाल ल्याउने विषयमा छलफल भइरहेको मृत भण्डारीका छोरा नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस