ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Mirtu

मोरङ । बुधबार दिउँसो ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

विराटनगर-रंगेली सडकखण्डअन्तर्गत कटहरी गाउँपालिका-४ जामुनगाछीमा को १ त ४४१४ नम्बरको ट्याक्टरको ठक्करबाट को १९ प ७५५६ मोटरसाइकल चालक धनपालथान गाउँपालिक-२ का ७२ वर्षीय बर्मानन्द झाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका झाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ट्याक्टरका चालक कटहरी-५ का ३५ वर्षीय पंकज राजवंशीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस