हेलिकोप्टर दुर्घटना : मौसम प्रतिकूलताका कारण मृतकको उद्धारमा समस्या 

Helicopter 2567574

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहितको शव ल्याउन मौसम प्रतिकूलताका कारण समस्या परेको छ ।

उद्धारका लागि सिम्रिकको हेलिकप्टर दुर्घटनास्थल पुगेको थियो । तर मौसम खराबीका कारण घटनास्थलमा अवतरण गर्न नसकी फर्किएको थियो ।

दुर्घटनास्थलका लागि दोस्रो पटक फेरि उडेको सिम्रिक एयरले जानकारी दिएको छ । पहिलो पटक सिम्रिकको हेलिकोप्टर दुर्घटनास्थलको पहिचान गरी तम्लिङटार विमानस्थल फर्केको थियो ।

प्रतिकृया दिनुहोस