हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटियो, मन्त्रीपरिषदको आपतकालीन बैठक बस्दै

Helicopatr rabindra

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार एयर डाइन्सेटीको हेलिकप्टर ताप्जेलुङमा दुर्घटना भएको पुष्टि भएको छ ।

जनकल्याण आधारभूत स्कुलका प्रधानाध्यापक महेश निरौलाले हेलिकोप्टर दुर्घटना भएको आफैंले देखेको बताएका हुन् । उनका अनुसार १ बजेतिर विद्यार्थीहरुले सर हेलिकोप्टर आगो लाग्यो भनेर खबर गरेका थिए ।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताए ।

मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा बीचैमा दुर्घटना भएको थियो ।
हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीको कार्यालयका कर्मचारी युवराज दाहाल, पर्यटन मन्त्रालयका विरेन्द्र श्रेष्ठ, पिएसओ अर्जुन घिमिरे र विपेन्द्र प्रसाद थिए ।

सो हेलिकप्टर दुर्घटनामा परेपछि अहिले मन्त्री परिषदको आपतकालिन बैठक बस्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आपतकालिन बैठक बोलाएका छन् ।

प्रतिकृया दिनुहोस