बुहारी नाइजेरियाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित

Buhari

नाइजेरिया। नाइजेरियाको राष्ट्रपति मोहम्मद बुहारी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । गत शनिबार भएको निर्वाचनमा राष्ट्रपति बुहारी चार वर्षे दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् । ७६ वर्षीय बुहारीले पूर्व उपराष्ट्रपति अटिकु अबुबाकरलाई पराजित गरेका हुन् ।

अबुबाकरको पिपुल्स डेमोक्रेटिक पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गरेको छ । हिंसा फैलाएर निर्वाचन गराइएको र मतगणनामा समेत ढिलाइ गरिएकोले निर्वाचन निष्पक्ष नभएको भन्दै विपक्षी दलले परिणाम अस्वीकार गरेको हो ।

निर्वाचन आयोगले बुहारीको अल प्रोग्रेसिभ कंग्रेस पार्टीले ३६ मध्ये १९ प्रान्तमा जित हासिल गरेको जनाएको छ । विपक्षी डेमोक्रेटिक पार्टी भने राजधानी अबुजासहित १७ प्रान्तमा विजयी भएको छ । (एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...