भारतलाई आक्रमणको जवाफ दिने पाकिस्तानी विदेशमन्त्रीको चेतावनी

Shah mahmood 2

काठमाडौं । पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले भारतीय आक्रमणको पाकिस्तानले उचित जवाफ दिने चेतावनी दिएका छन्। भारतीय वायुसेनाले मंगलबार बिहानै पाकिस्तानी क्षेत्रमा बम आक्रमण गरेपछि कुरैशीको यस्तो धारणा आएको हो।

‘यो पाकिस्तान विरुद्धको आक्रमण हो र यसको जवाफ पाकिस्तानले दिनेछ,’ राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि संवाददाताहरूसँग बोल्दै उनले भने, ‘अवस्था अरु ख़राब बनाउने न हाम्रो उदेश्य न छ तर आक्रमणको जवाफ दिने हाम्रो हक हो।’

भारतीय सञ्चारमाध्यमहरुले भारतीय वायुसेनाको विमानले पाकिस्तानको बालाकोट नजिक रहेको ‘जैश–ए–मोहम्मद’को एक क्याम्पमा बम खसाली ध्वस्त पारिएको बताएका छन्। तर, पाकिस्तानले भने यसलाई अस्वीकार गरेको छ। आफ्नो चुनावी उदेश्य पूरा गर्न भारतले आतंककारी क्याम्पमा आक्रमण गरेको झुटा दाबी गरेको पाकिस्तानको आरोप छ।

‘एक पटक फेरि भारत सरकारले आफ्नो उद्देश्य पूरा गर्नका लागि आधारहीन र मनगढन्ते आरोप लगाएको छ,’ विदेशमन्त्री कुरैशीेले भने, ‘यो आफ्नो घरेलु आवश्यकता पूरा गर्नका लागि गरिएको हो किनकी अहिले त्यहाँ चुनावको माहोल छ। यसैकै लागि क्षेत्रीय सुरक्षा तथा स्थिरतालाई गम्भीर ख़तरामा धकेलिदिए।’

उनले सुरक्षा परिषद् बैठकमा प्रधानमन्त्री इमरान ख़ानले सेनाको सबै अंग र आम नागरिकलाई कुनै पनि परिस्थितिका लागि तयार रहन आग्रह गरेको बताए।

काश्मिरको पुलवामा फेब्रुअरी १४ मा भएको आतकंवादी आक्रमणपछि भारत–पाकिस्तान सम्बन्धमा दरार सृजना भएको छ।

४० जना सुरक्षाकर्मीको मृत्यु हुनेगरी भ‍एको सो आत्मघाती हमलाको जिम्मेवारी लिएको ‘जैश–ए–मोहम्मद’लाई पाकिस्तानले संरक्षण गरेको भारतले आरोप लगाउँदै आएको छ।

उता पाकिस्तानले भने आरोपको खण्डन गर्दै आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...