इरानका विदेश मन्त्री मोहम्मद जवाद जरीफले दिए अकश्मात राजीनामा

Untitled design 2

काठमाडौं । इरानका विदेश मन्त्री मोहम्मद जवाद जरीफले अकश्मात राजीनामा दिएका छन् । जरीफले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राजीनामाको घोषणा गरेका हुन् ।

इरानको सरकारी समाचार संस्था इरनाले जरीफले राजीनामा दिएको पुष्टि गरेको छ । जरीफले सरकारमा रहेर आफूले काम गरेका बेला भएका कमजोरीप्रति माफी मागेका छन् ।

सन् २०१५ मा अमेरिकासँगको भएको परमाणु सम्झौताको क्रममा जरीफको महत्वपूर्ण भूमिका थियो ।

तर त्यो सम्झौता अमेरिकाको सत्तामा डोनाल्ड ट्रम्प आएसँगै धरापमा परेको थियो । अन्ततः अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१५ मा भएको परमाणु सम्झौता रद्द गरेका थिए ।

५९ वर्षका जरीफ संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतसमेत रहेका थिए । सन् २०१३ मा हसन रुहानी इरानको राष्ट्रपति बनेपछि जरीफ विदेशमन्त्रीमा नियुक्त भएका थिए ।

जरीफले राजीनामाको कारण खुलाएका छैनन् । जरीफले इन्स्टाग्राममा लेखेका छन्, ‘म अब आफ्नो पदमा रहँदिन र मेरो कार्यकालमा भएका गल्तीप्रति माफी चाहन्छु ।’

राष्ट्रपति रुहानीले जरीफको राजीनामा स्वीकार गरे–नगरेको खुलेको छैन । अमेरिकाले इरानसँगको परमाणु सम्झौता रद्द गरेदेखि नै इरानका कट्टरपन्थीले जरीफलाई निशाना बनाउँदै कडा आलोचना गर्ने गरेका थिए ।

सम्झौता अनुसार इरानले आफ्नो परमाणु कार्यक्रम नियन्त्रित गर्नु पर्ने थियो । तर अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि सम्झौता उल्लंघनको आरोप लगाउँदै रद्द गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...