भारतको असममा विषाक्त रक्सीले कम्तीमा ५० जना चिया मजदुरको ज्यान लियो

Death

काठमाडौं । भारतको असम राज्यको गोलाघाट जिल्लामा विषाक्त रक्सीका कारण कम्तीमा ५० जना चिया मजदुरको ज्यान गएको छ ।

विषाक्त रक्सीका कारण बिरामी भएका ५० भन्दा बढीको जोरहाट मेडिकल कलेजमा उपचार भैरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बिहीबार राति सलमारा चिया बगानमा ६५ वर्षीया महिला द्रौपदी ओरनको घरमा भएको जमघटमा विषाक्त रक्सीका कारण यो घटना घटेको हो । जमघटमा आएका आफन्त र छिमेकीले विषाक्त रक्सी खाएका थिए । एकैछिनमा चार जना महिलाको ज्यान गएको त्यसपछि एक्कासि सबै बिरामी पर्न थालेको असम प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले चिया बगाननजिकै जुगीबारीमा रहेको अवैध रक्सी उद्योगका सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान थालेको बताएको छ ।

भारतको उत्तर प्रदेश र उत्तराखण्डमा पनि गएको दुई हप्तामा विषाक्त रक्सीकै कारण झण्डै एक सय जनाको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...