संकटग्रस्त भेनेजुएलामा ब्राजिलले मानवीय सहायता पठाउँदै

Vanejula

काठमाडौं । ब्राजिलले संकटग्रस्त मुलुक भेनेजुएलामा मानवीयता सहायता पठाउने भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको असहमतिका बाबजुद ब्राजिलले मानवीय सहायता पठाउने तयारी गरेको हो ।

यसै हप्ताको अन्तिममा भेनेजुएलाका सीमासम्म मानवीय सहायता पठाउने तयारी भइरहेको ब्राजिलका अधिकारीहरुले जनाएका छन् । ब्राजिलले पठाएको मानवीय सहायता भित्र्याउने र वितरण गर्ने जिम्मा भने त्यहाँका विपक्षी नेता हुँवा गुइदोको भएको ब्राजिलका राष्ट्रपतिका प्रवक्ताले जानकारी दिएका छन् ।

भेनेजुएलाका राष्ट्रपति मादुरोले भने अमेरिकालगायत युरोपियन मुलुकहरुले पठाउने सहायता अस्वीकार्य हुने बताएका छन् । भेनेजुएलालले आफ्नो सिमा नजिक रहेको नेदरल्याण्ड्स अधिनस्थ कुराकाओ टापुसँगको सीमानाका बन्द गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...