क्यानडामा आगलागी, सात बालबालिकाको मृत्यु

11 12 2018 1544508960

क्यानडा । क्यानडाको हलिफ्याक्स शहरस्थित एउटा घरमा आगलागी हुँदा सात जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुने बालबालिकाको उमेर ४ महिनादेखि १५ वर्षसम्मको छ ।

आगलागीमा परेर दुई जना घाइते भएका छन् । घरको पहिलो र दोस्रो तलामा आगलागी भएको थियो । घटनामा परेर मृत्यु भएकाहरुको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।

तर, सिरियाली नागरिक बस्दै आएको घरमा आगलागी भएको स्थानीयले बताएका छन् । डेढ वर्षअघि क्यानडा पुगेको सिरियाली नागरिकको परिवार ६ महिना अघिदेखि यो घरमा बस्दै आएको बताइएको छ । घरमूलीको भने गम्भीर घाइते अवस्थामा उपचार भइरहेको छ ।

आगलागीको घटनाबारे छानबिन भइरहेको अधिकारीहरुले जनाएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...