भारतले पाकिस्तानमाथि आक्रमण गरे पाकिस्तानले त्यसको जवाफ दिन्छ: प्रधानमन्त्री खान

Imran

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि आक्रमण गरे आफूले पनि त्यसको जवाफ दिने चेतावनि दिएका छन् ।

भारत काश्मिरको पुलवामामा गत १४ फरवरीका दिन भएको आतकंकारी आक्रमणको जिम्मेवार भारतले पाकिस्तानलाई ठहराउन नहुने भन्दै इमरानले भारतले पाकिस्तानमाथि आक्रमण गरे पाकिस्तानले त्यसको जवाफ दिने बताए ।

पुलवामा घटनापछि आज पहिलो पटक प्रतिक्रिया दिँदै पाकिस्तानी प्रधानमन्त्री इमरानले भारतमा भएको सो घटनाप्रति दुःख व्यक्त गर्दै भारतले विना छानविन सिधै पाकिस्तानलाई त्यसको दोषि भनेर आक्रमण गर्नु गलत भएको बताए ।

पाकिस्तान स्थित एक आतकंकारी संगठनले पुलवामा आक्रमणको जिम्मा लिएपछि भारतले पाकिस्तानमाथि आक्रमण गर्ने चेतावनि दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...