थोरै पिउँदा मदिराले असर गर्छ कि गर्दैन ? यी कुरामा ध्यान दिनुस्

Whisky1

काठमाडाैं  प्रतिष्ठित मेडिकल जर्नल द ल्यानसेटले गत वर्ष प्रकाशन गरेको अनुसन्धानको नतिजालगायत अन्य धेरै अध्ययनअनुसार जुनसुकै मात्रामा मदिरा सेवन गरे पनि यसले मानव स्वास्थ्यमा हानि मात्र पु¥याउँछ । लामो अवधिदेखि मदिरा सेवन गरिहेकामा मानसिक र शारीरिक समस्या देखापर्ने गरेको छ ।

मदिराकै कारण शरीरमा क्षति पुग्ने, सही तरिकाले दिमागले काम नगर्ने, शरीर नियन्त्रण नहुनेसँगै अन्य विभिन्न दीर्घरोग लाग्ने गर्छ । मदिरा सेवन नै उनीहरूको मृत्‍युको मुख्य कारण रहेको पछिल्लो अध्ययनले देखाएको छ । अब जानौँ, अत्यधिक मदिरा सेवनले स्वास्थ्य निम्त्याउने समस्याबारे :

यस्ता समस्या कलेजोको रोग
हामीले सेवन गरेको मदिराले शरीरका विभिन्न प्रणालीमा असर गरिरहेको हुन्छ । अत्यधिक मदिरा सेवन गर्दा यसले कलेजोमा हानि गर्छ । यसले फ्याटी लिभर हुने सम्भावना बढाउँछ । मदिराकै कारण कलेजोमा बोसोको मात्रा बढ्छ ।

अन्ततः कलेजोसम्बन्धी सिरोसिस नामक रोग लाग्ने सम्भावना अधिक हुन्छ । अकस्मात् सिरोसिस भएको अवस्थामा कलेजोले काम नै गर्न नसक्ने हुन्छ र ज्यान नै जाने जोखिम हुन्छ । सिरोसिस रोगको उपचार भनेको कलेजो प्रत्यारोपण मात्र हो ।

प्यांक्रियाटाइटिस
लामो समयसम्म मदिरा सेवन गरेमा यसले पाचनग्रन्थीमा समस्या पैदा गर्छ । जसले गर्दा पाचन प्रणालीले राम्रोसँग काम गर्न सक्दैन । यसलाई चिकित्सकीय भाषामा अल्कोहोलिक प्यांक्रियाटाइटिस (पेटमा जलन) भनिन्छ ।  पाचन प्रणालीसम्बन्धी करिब ७० प्रतिशत समस्या अल्कोहलका कारण हुने गरेको तथ्यांकले देखाउँछ ।

विभिन्न क्यान्सर
विभिन्न किसिमका क्यान्सर (अर्बुद रोग)को कारणसमेत मदिरा सेवन बन्ने गरेको छ । मुख, पेट, कलेजो, स्तन आदिको क्यान्सर मदिरा सेवन गर्ने मानिसमा बढी देखिन्छ । यस्तो समस्या सामान्य मानिसको तुलनामा उनीहरूमा दोब्बर रहेको पाइएको छ ।

ग्यास्ट्राइटिसदेखि अल्सरसम्म
लगातार मदिरा सेवनले पाचन प्रणालीमा र पेटसम्बन्धी समस्या सिर्जना गर्छ । पेटमा अम्लपित्त बढेर ग्यास्ट्राइटिस हुन्छ । बिस्तारै अल्सर हुने सम्भावना उच्च रहन्छ । पाचन प्रणालीमा पर्ने असरका कारण कतिपय अवस्थामा आन्द्रामा रक्तश्राव हुने जोखिम हुन्छ ।

प्रतिरोधात्मक क्षमता कमजोर 
नियमित मदिरा सेवन गर्ने मानिसमा बिस्तारै रोगप्रतिरोधात्मक क्षमतामा ह्रास आउन थाल्छ । प्रतिरोधी क्षमता कमजोर भएपछि निमोनिया, क्षयरोग लाग्ने सम्भावना उच्च रहन्छ । यसले रक्तकोष र कोषिका नष्ट गर्छ । त्यस्तै, सेता रक्तकोष उत्पादनमा समेत बाधा आउँछ ।

मस्तिष्कमा क्षति
मदिरा सेवन गर्नेमा आँखाको दृष्टिमा समस्या आउने, सम्झिन गाह्रो हुने, ढिलो बोल्ने वा प्रतिक्रिया ढिलो दिने, आवश्यकताभन्दा बिस्तारै हिँड्नेजस्ता समस्या देखा पर्छन् । यी सबै मस्तिष्कक्षतिका लक्षण हुन् ।

मदिराले व्यक्तिको दिमागमा असर पार्ने हुँदा सिर्जनात्मक क्षमतामा कमी बनाइदिन्छ । साथै, मस्तिष्कका रिसेप्टर नष्ट गरिदिने भएकाले मानिसलाई साधारण समस्या सुल्झाउन पनि गाह्रो पर्ने हुन्छ ।

मुटुमा समस्या
अत्यधिक मदिरा सेवनले मुटुमा नकारात्मक असर गर्छ । यसले शरीरमा ट्राइग्लिसराइड (रगतमा हुने एक प्रकारको बोसो)को स्तर बढाउन सक्छ । ट्राइग्लिसराइडको उच्च वृद्धिले मुटुरोगसँगै मधुमेहको जोखिम बढ्छ । मुटुमा देखिने सुरुवाती समस्या जस्तै, उच्च रक्तचाप, अनियमित धड्कन आदि पनि मदिरा सेवनकै कारण हुन्छ । साथै, हृदयाघात, मस्तिष्कघात र अन्य दीर्घकालीन मुटुसम्बन्धी रोग निम्त्याउने
सम्भावना रहन्छ ।

दुर्घटना र चोटपटक
जुनसुकै मात्रामा गरिने मदिरा सेवनले पनि दुर्घटना र चोटपटक निम्त्याउने गर्दछ । प्रायः हुने सवारी दुर्घटना, घरेलु हिंसा, आत्महत्या, बलात्कार आदि पनि मदिरा सेवनकै उपज हुने गरेका छन्  । मदिरा सेवनले उल्लेखितबाहेक पनि अन्य थुप्रै समस्या निम्त्याउँछ  ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...