वासिङ्टनको अनुरोधमै परे अमेरिकी राष्ट्रपति ट्रम्प शान्ति पुरस्कारको सुचीमा

Donald trump

काठमाडौं । पछिल्लो समयमा भेनेजुयलामाथि गरेको हस्तक्षेपका कारण विवादमा तानिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको छ ।

वासिङ्टनको अनुरोधमै अमेरिकी राष्ट्रपति ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिएको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्करणमा उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार आफ्नो नाम शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री आबेले मनोनयन गरेको बताएपछि उक्त रिपोर्ट बाहिर आएको हो ।

गत वर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम जोङ–उनसँगको महत्वपूर्ण शिखर सम्मेलन गरेपछि ट्रम्पको नाम मनोनयन गर्ने सम्भावना भएको वासिङ्टनद्वारा जनाइएको जापानी पत्रिका आसाही शिम्वुनुले लेखेको छ ।

आबेले नोबेल शान्ति पुरस्कार समितिलाई पठाएको पाँच पाना लामो पत्रको प्रतिलिपी आफूलाई पठाएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् । पत्रमा जापानी नेताले प्योङयाङसँग चलेको तनावलाई शान्त बनाउन खेलेको योगदानको प्रशंसा गरिएको छ ।

जापानी नेताले पत्रमा ‘मैले तपाईंलाई नोबेल शान्ति पुरस्कार दिनका लागि अनुरोध गरेको छु भनी भनेको र आफूले उहाँलाई धन्यवाद दिएको’ अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसमा भेला भएका सञ्चारकर्मीसँग बताएका थिए ।

‘धेरै अन्य मानिसहरूले पनि यस प्रकारको महसुस गर्छन्। मैले सम्भवत कहिल्यै पाउने छैन । ठीकै छ,’ ट्रम्पले भने । ट्रम्पको दाबीबारे प्रतिक्रियाका लागि गरिएको अनुरोधलाई जापानी अधिकारीले भने स्वीकारेका छैनन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...