भारत : विषाक्त रक्सीका कारण मृत्यु हुनेकाे सङ्ख्या ९२ पुग्यो

Wine

काठमाडाैं । विषाक्त मदिराका कारण भारतमा मर्नेहरुको सङ्ख्या ९२ पुगेको छ भने कैयौँ बिरामी परेका छन् । देशको दुई उत्तरी राज्य उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा मर्नेहरुकाे सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।

उत्तराखण्डको हरिद्वार जिल्ला र उत्तर प्रदेशको सहरानपुर जिल्लामा घटना भएको समाचारमा जनाइएको छ । शुक्रबारदेखि नै मदिरा सेवनबाट मानिसहरु बिरामी पर्न थालेको अधिकारीहरुले बताएका छन् । उत्तर प्रदेश सरकारका अनुसार उत्तराखण्डमा तेह्र दिने संस्कारमा सामेल हुन गएका सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको छ । उनीहरु सबैले त्यही रक्सी खाएको बताइएको छ ।

सहारनपुरका अधिकारीका अनुसार संस्कारमा सामेल भएर फर्केपछि उनीहरु मर्न थालेका थिए । प्रशासनको लापर्वाही भएको भन्दै भारत सरकारले नागल थाना प्रभारीसहित दश प्रहरी र तीन प्रहरी निरक्षकलाई निलम्बन गरिसकेको छ । शुक्रबार मध्यराति बसेको एक बैठकले सरकारका सचिव र डीजीपीले सबै जिल्लाका प्रमुखसँग भिडियो कन्फ्रेन्स गर्दै प्रदेशका सबैठाउँमा छापा मार्न आग्रह गरेको छ ।

सहरानपुर र कुशीनगरमा मर्नेहरुको सङ्ख्या बढीरहे पनि रक्सी तस्करहरुलाई पत्ता लगाउन सकेको छैन । रक्सी तस्करहरुलाई नपक्रेसम्म अवस्था झनै भयावह हुने अधिकारीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...