ब्राजिलियन फुटबल क्लबमा आगलागी हुँदा १० खेलाडीको मृत्यु

Aaglagi 111

रियो दि जेनेरियो । ब्राजिलको फ्लामेङ्गो फुटबल क्लबमा शुक्रवार आगलागी हुँदा १० जना खेलाडीहरूको मृत्यु भएको छ ।

क्लबको कार्यालयमा शुक्रवार आगलागी भएपछि उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

मृत्यु हुनेहरूमा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन् । उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय टिभी ग्लोबोले जनाएको छ ।

रियोको भर्गेम ग्राण्ड जिल्लामा रहेको अत्याधुनिक प्रशिक्षणस्थलमा स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...