जम्मू कश्मीरमा हिमपहिरोमा परि ६ जना प्रहरीसहित १० जना बेपत्ता

Kulgam xgkbt0glms

काठमाडौं । भारतको जम्मू कश्मीर राज्यको कुलगाम जिल्लामा बिहीबार गएको हिमपहिरोमा परि ६ जना प्रहरीसहित १० जना बेपत्ता भएका छन् ।

श्रीनगर–जम्मू राजमार्गमा गएको हिमपहिरोमा परि सुरक्षामा तैनाथ रहेका प्रहरी बेपत्ता भएका हुन् । हिमपहिरोमा २० जना पुरिए पनि १० जनालाई सुरक्षित रुपमा उद्धार गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । बेपत्ता भएका १० जनामा ६ जना प्रहरी, दुई जना अग्नि नियन्त्रक र दुई जना स्थानीय नागरिक रहेका छन् ।

अधिकारीहरुका अनुसार प्रहरीलगायतको उद्धार टोली घटनास्थलमा खटिएको छ । बुधबार बाट नै कश्मीर घाटीमा भारी हिमपात भएको हो । पछिल्लो २४ घण्टामा कुलगाममा सबैभन्दा बढी हिउँ परेको थियो । कुलगामको केही भागमा पाँच फीटसम्म हिउँ परेको थियो ।

जम्मू कश्मीरका २२ जिल्लामध्ये १६ जिल्लाका विभिन्न ठाउँमा हिमपहिरो जान सक्ने चेतावनी त्यहाँको मौसम विभागले दिएको छ ।

प्रतिकृया दिनुहोस