भेनेजुएलामा राष्ट्रपति र विपक्षी नेताका समर्थकहरुको छुट्टाछुट्टै प्रदर्शन

Tskvjk28z6ksmyecw8fm

काठमाडौं । भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरो र विपक्षी नेता जुवान गुआइदोको समर्थकहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् । राजधानी कारागारमा भएका छुट्टाछुट्टै प्रदर्शनमा सहभागीहरुले आ–आफ्नो पक्षमा नाराबाजी गरेका थिए ।


राष्ट्रपति निकोलसका समर्थकहरुले विपक्षी नेता जुवान गुआइडोलाई विना कारण अरु देशले उचालेको आरोप लगाए । उनीहरुले राष्ट्रपति मादुरोको समर्थनमा विशाल ¥याली निकालेका छन् ।


यस्तै, राष्ट्रपति मादुरोको बिरोधमा काराकासमै गुआइदोका समर्थकहरुले पनि विशाल प्रदर्शन गरेका छन् । निर्वाचन तत्काल घोषणा नभए मादुरोलाई सहयोग नगर्ने र गुआइदोलाई नै समर्थन गर्ने चेतावनी दिएका छन् ।


यसैबीच, राष्ट्रपति मादुरो र भेनेजुएलाका सुरक्षा अधिकारीहरुबीच देशको वर्तमान स्थितिबारे छलफल भएको छ । राष्ट्रपति मादुरोले आन्दोलनलाई नियन्त्रणमा लिन आग्रह गर्दै देशको सुरक्षा व्यवस्था झन कडा तुल्याउन निर्देशन दिए । गुआइदोलाई अमेरिका, क्यानडा लगायतका राष्ट्रले समर्थन गरेका छन् भने मादुरोको समर्थनमा रुस, चीन, टर्की र मेक्सिको रहेका छन् ।

प्रतिकृया दिनुहोस