बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु , १३ जना घाईते

848 railway

नयाँदिल्ली । भारत बिहारको सहदेई बुजुर्गमा रेल दुघएटना हुँदा ६ जनाको मृत्यु भएको छ । बिहार राज्यको जोगबनीबाट राजधानी दिल्ली आउँदै गरेको जोगबनी आनन्द विहार टर्मिनल सीमाञ्चल एक्सप्रेसको ९ वटा डिब्बा पटरीबाट उत्रेपछि दुर्घटना भएको हो ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । मृतक र घाइतेहरुको संखया अझ बढ्न सक्ने जनाइएको छ । घटना आज बिहान ४ बजेतिर भएको र अहिले उद्दार कार्य जारी रहेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतीय रेलमन्त्री पीयुष गोयलले दुर्घटनाबारे जानकारी दिँदै उद्दारका लागि सुरक्षाकर्मीलाई खटाएका छन् । 

प्रतिकृया दिनुहोस