डाक्टर केसीका समर्थकले आजपनि काठमाडौंमा प्रदर्शन गर्ने

Gobinda

काठमाडौं । १६ औ सत्याग्रहमा रहेका डा. गोबिन्द केसीका समर्थकले काठमाडौंमा प्रदर्शन गर्दैछन् । अनसनको आज २३ औ दिन पुग्दा समेत सरकार गम्भीर नभएकाले केसीको जीवनरक्षाको लागि प्रदर्शन गर्न लागिएको उनीहरुले बताएका छन् ।


प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले आज दिउसो १ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु हुने जानकारी दिए । प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत हुनेछ ।

उनका अनुसार प्रदर्शन केसीको मागमा ऐक्यबद्धता जनाउँदै निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण, वाइडबडी घोटाला प्रकरण, बढ्दो महँगी, हत्या हिंसा तथा भ्रष्टाचार सहितका मुद्दामा केन्द्रित रहनेछ । केसीको समर्थनमा प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत प्रदर्शनमा सहभागिता जनाउँदैछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...