अमेरिकी राष्ट्रपति ट्रम्पले गुप्तर प्रमुखहरुलाई यसकारण भने फेरि स्कूल जान

Trump

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नै देशका गुप्तचर एजेन्सीलाई इरानको मामलामा अनुभवहीन बताएका छन् । साथै, उत्तर कोरियामाथि उनीहरुले गरेको आँकलन पनि खारेज गरेका छन् ।

ट्रम्पले ट्वीटमार्फत भने, ‘इरानसँग सजग हुनुपर्छ । सम्भवतः गुप्तचर अधिकारीहरु फेरि स्कूल जानुपर्छ ।’ अमेरिकी गुप्तचर अधिकारीले वैश्विक सुरक्षाको खतराको विषयमा गरेको आँकलनमा इरानले अब परमाणु हतियार बनाउन बन्द गरेको बताएका थिए ।

ट्रम्पले यसै विषयमा रिसाउँदै प्रतिक्रिया दिएका हुन् । गुप्तचर अधिकारीले उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम छोड्ने सम्भावना नभएको पनि आँकलन गरेका थिए । नेशनल इन्टेलिजेन्सका निर्देशक डेन कोट्स र अन्य गुप्चर प्रमुखले मंगलबार सिनेटमा आफ्नो द वर्ल्डवाइड थ्रेट एसेसमेन्ट रिपोर्ट (वैश्विक खतराको आँकलन) पेश गरेका थिए ।

गत वर्ष अमेरिका सन् २०१५ मा इरासँग भएको ऐतिहासिक परमाणु सम्झौताबाट अलग्गिएको थियो । राष्ट्रपति ट्रम्पको यो निर्णयको अमेरिकामा मात्र नभई संसारभरी नै आलोचना भएको थियो ।

 

गत वर्ष ट्रम्पले उत्तर कोरियासँग कूटनीतिक सम्बन्ध सुधार्ने दिशामा ठोस् कदम उठाउँदै उत्तर कोरियाली नेता किम जोंग उनसँग भेटघाट गरेका थिए । उक्त भेटपछि ट्रम्पले उत्तर कोरियाको परमाणु खतरा समाप्त भएको बताएका थिए । यद्यपी, थुप्रै विशेषज्ञले ट्रम्पको यो दाबीमाथि प्रश्न गरेका थिए ।

 गुप्तचर प्रमुखले रिपोर्टमा के भनेका थिए ?

उक्त रिपोर्टमा रुस र चीनको तर्फबाट हुने सम्भावित साइबर हमलाको विषयमा पनि चेतावनी दिइएको थियो । दुबै देश सन् २०२० मा हुने राष्ट्रपति चुनावलाई प्रभावित गर्ने कोसिस गर्नसक्ने बताइएको थियो ।

साथै, उत्तर कोरियाली नेता आफ्नो सत्ताको अस्तित्वका लागि विनाशकारी हतियारलाई आवश्यक ठान्छ र उत्तर कोरियाले आफ्नो हतियार कार्यक्रम समाप्त गर्ने कुनै सम्भावना नरहेको बताइएको छ ।

ट्रम्पले इरानबारे के भने ?

ट्रम्पले आफ्नो ट्वीटमा इरानको खतराको विषयमा अमेरिकी गुप्तचर अधिकारी अनभिज्ञ र गलत भएको बताएका छन् । ट्रम्पका अनुसार  इरान मध्यपूर्वमा मात्र नभई यसबाहिर पनि समस्या पैदा गर्न सक्छन् तर अमेरिका ‘बेकारको इरान सम्झौता’ बाट अलग्गिएपछि त्यो निकै बदलिएको छ ।

उनले भने, ‘यद्यपी, इरान अहिलेपनि सम्भावित खतरा र संघर्षको स्रोत बनिरहेको छ ।’ यसका लागि उनले इरानको तर्फबाट प्रक्षेपण गरिएको रकेटको उदाहरण दिए । सिनेटमा सिआईएकी निर्देशक गीना हास्पेलले भनिन्, ‘प्राविधिक रुपमा हेर्ने हो भने इरान परमाणु सम्झौताको पालना गरिरहेको देख्न सकिन्छ ।’

 
यद्यपी, गुप्तचरहरुले इरानको क्षेत्रीय महत्वाकांक्षा र उत्कृष्ट सैन्य क्षमता भविष्यमा अमेरिकी हितका लागि खतरा हुनसक्ने चेतावनी दिएका थिए ।

प्रतिकृया दिनुहोस