अस्ट्रेलियाको नदीमा रहस्यमय ढंगले लाखौं माछा मरे

Ezlywqbxbs69gfny4xzi

काठमाडौं । अस्ट्रेलियाको एउटा नदीमा रहस्यमय ढंगले लाखौं माछा मरेका छन् । केहीदिन यता माछा मर्ने क्रम बढ्दै गएको हो । मरेका माछा तैरिएर नदी नै सेतो देखिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार डार्लिङ नदीमा अचानक माछा मर्न थालेका हुन् । विज्ञहरुका अनुसार नदीमा पानीको मात्रा कम भएका कारण पर्याप्त अक्सिजनको अभावमा ती माछा मरेको हुनसक्छ ।

स्थलगत निरीक्षणपछि फर्किएका अधिकारीहरुले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार माछा मरेको क्षेत्र केही यता खडेरीबाट ग्रस्त छ । गर्मी बढ्नुका साथै पानीमा अक्सिजनको मात्रा कम भएका कारण माछा मरेको हुनसक्ने उनीहरुको भनाइ छ ।

सरकारी अधिकारीहरुले यसलाई ‘समाधान हुन नसक्ने समस्या’का रुपमा चित्रण गरेका छन् । ‘पैसा नभएका कारण समस्या समाधान हुन नसक्ने होइन, पैसा भएर पनि समाधान हुन नसक्ने समस्याका रुपमा यो प्रकट भएको छ,’ एक सरकारी अधिकारीले भने ।

प्रतिकृया दिनुहोस