ब्राजिलमा बाँध भत्किँदा ४० को मृत्यु, ३ सयभन्दा बढी बेपत्ता

Brajil badh

काठमाडौं । ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या ४० पुगेको छ । ३ सयभन्दा बढी बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । बेपत्ता भएकाहरुको जिवितै उद्धारको सम्भावना न्यून भएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् ।

मिनास गेरियस राज्यको बेलो होरिजोन्टे शहरमा एक्कासी पहिरो गएपछि बाँध फुटेपछि ठूलो क्षति भएको हो । फेजो ढुङ्गा तथा खनिज खानी नजिकै रहेको बाँध शुक्रवार स्थानीय समय अनुसार १ बजेतिर भत्किएको थियो र त्यसमुनि रहेको अर्को बाँध बाढीले बगाएको थियो ।

५० जनाको जिवितै उद्धार गरिएको उद्धारकर्मीहरुले जनाएका छन् । मिनासका गभर्नर रोमेउ जेमाले उद्धार प्रयास भइरहे पनि घटनामा परेकाहरु जिवितै पाइने आशा झिनो बनेको बताए ।

ब्राजिलको सबैभन्दा ठूलो खानी कम्पनी भालीको बाँध किन भत्कियो भन्नेबारे अझै स्पष्ट भएको छैन । भत्किएको बाँध ब्राजिलकै सबैभन्दा ठूलो खानी कम्पनी भालीको हो ।

बाँध भत्किएपछि आएको बाढीले नजिकैका फार्महरू कटान गरेको छ र थुप्रै कामदारको घर र सवारीसाधनमा क्षति पुगेको छ । ग्लोबो वेबसाइटले पछि उद्धारकर्ताहरूले भत्किएको बाँध नजिकैको प्रशासनिक क्षेत्रमा एक सयदेखि डेढ सयजना बेपत्ता भएको जनाएको थियो । फसेका मानिसहरूलाई सडकमा क्षति पुगेका कारण हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

ब्राजिलको मिनज जराइसस्थित मारिआनामा तीन वर्षअघि पनि बाँध भत्किएको थियो । जसमा १९ जनाले ज्यान गुमाएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...