आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघले दियो चेतावनी

Img 0300

काठमाडौं । अनशनरत डाक्टर गोवन्द केसीको मागलाई लत्याएर संसदले विधेयक पारित गरेको भन्दै नेपाल चिकित्सक संघ आक्रोसित बनेको छ । संघले सरकारलाई दिएको अल्टिमेटम आज सकिदैछ ।

सरकारले अल्टिमेटमको बेवास्ता गरेकोले देशभरका सम्पुर्ण अस्पतालका आकस्मिक बाहेक अन्य सेवा बन्द गर्ने तयारी गरिएको संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिए । डाक्टर श्रेष्ठले अबको अवस्था एक जना चिकित्सकको जीवन रक्षा गर्ने कि नगर्ने भन्ने तहमा आइपुगेको भन्दै संघ अब कठोर आन्दोलन उत्रिने बताए ।

डाक्टर केसीको जीवन रक्षाका लागि संघले आज दिउसो १ बजे उपत्यकाभित्र रहेका अस्पतालका सम्पूर्ण चिकित्सकहरुलाई शिक्षण अस्पताल महाराजगञ्जको परिसरमा उपस्थित हुन आह्वान गरिएको उनले जानकारी दिए । सो भेलाले आन्दोलनको स्वरुप र कार्यक्रम तय गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।

यसैबीच, त्रिवि शिक्षण अस्पताल वीर अस्पताल र बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका आबासिय चिकित्सकले बिहिबारबाटै आकस्मिक बाहेकका सम्पुर्ण सेवा बहिस्कार गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...