प्रियंका गान्धी कुम्भ मेलामा नुहाएर नेतृत्व सम्हाल्ने

Priyangka gandhi

काठमाडाैं । भारतमा कट्टर हिन्दु मतदातालाई खासै प्रभाव पार्न नसकेका कांग्रेस आईका नेता राहुल गान्धीले आफ्नी बहिनीलाई उत्तर प्रदेशस्थित पार्टीको  जिम्मेवारी दिएसँगै अर्को रणनीति पनि तयार गरेका छन् ।

भारतमा ठूलो जनसंख्या रहेको हिन्दु समुदायको धार्मिक विश्वास जित्नकै लागि कुम्भ मेलामा कांग्रेसका नेताहरु मेलाको समापनका बेला गंगा नदी पुग्ने बुझिएको छ । टाईम्स अफ ईन्डियाले यसबारे रिपोर्ट तयार पार्दै प्रियंकाले कुम्भ मेलाको समापनमा उपस्थित भई औपचारिक रुपमा आफ्नो राजनीतिक जिम्मेवारी सम्हाल्ने बताएको छ ।

उक्त पत्रिकाका अनुसार हिन्दु जनमत जित्ने गान्धी परिवारको यो एउटा उपाय हो । प्रियंका फेब्रुअरी ४ मा गंगा नदीमा कुम्भ मेलाको विधि अनुसार नुहाएर राजनीतिक जिम्मेवारीको औपचारिक यात्रा तय गर्ने बताइएको छ । कार्यक्रममा राहुल लगायत कांग्रेसका नेताहरुको उपस्थित हुने बताइएको छ ।

साथै गंगा र यमुना नदीको संगमस्थलमा प्रियंका र राहुल फेब्रुअरी ४ मा उपस्थित भइ नुहाएर रजनीतिक कार्यक्रम पनि गर्ने बुझिएको हो । तर फेब्रुअरी ४ मा कुम्भ मेलामा नुहाउने अवसर नमिले फेब्रुअरी १० मा लखनउमा उनले राजनीतिक जिम्मेवारी सम्हाल्ने कार्यक्रम छ । त्यसो त यसअघि सोनिया गान्धी र राहुल समेत कुम्भ मेलाको क्रममा गंगा नदीमा पुगेर नुहाइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...