१८ दिनदेखि अनसनरत डाक्टर केसीको समर्थनमा माइतीघरमा प्रदर्शन हुँदै

Kc

काठमाडौं । सरकारले डा गोविन्द केसीसँग विगतमा गरेको सहमति विपरित संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा उहाँका समर्थकहरुले माइतीघरमा प्रदर्शन गर्दैछन् ।

डा केसीको जीवन रक्षा र उनको माग पुरा गर्न सोलिडारिटी फर डा केसी अलायन्स सहित समर्थकहरुले मध्यान्न १२ बजे माइतीघरमा प्रदर्शन गर्न लागेका हुन् । चिकित्सा शिक्षा विधेयकसहित विभिन्न ६ बुँदे माग राखेर १८ दिनदेखि डा केसी आमरण अनसनमा छन् ।

सहमति विपरितको विधेयक पारित गरेर संसदले धोका दिएको भन्दै डा केसीले आफ्नो सत्याग्रह जारी रहने अडान लिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...