डाक्टर केसीको अनसन आज १७ औं दिन पनि जारी, छातीमा निमोनिया देखियो

Dr govinda kc

काठमाडौं । चिकित्साशिक्षाको सुधारका लागि सत्याग्रहमा रहेका डा. गोबिन्द केसीको अनसन आज १७ औ दिन पनि जारी छ । उनको स्वास्थ्य अबस्था जटिल बन्दै गएको छ । डा केसीको छातीमा निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । संसदिय समितिले गरेको त्रुटिलाई सच्चाउदै जनमुखी र बिधार्थीमुखी चिकित्साशिक्षा ऐन ल्याउन सांसदलाई डा केसीले आग्रह गरेका छन् ।

यसैबीच, नेपाल चिकित्सक संघले डा. केसीको माग पुरा गर्न सरकारलाई आइतवारसम्मको अल्टिमेटम दिएको छ । सो समयावधिसम्म उनको जिवन रक्षाको लागी कुनै पहल नगरे अस्पतालका सम्पुर्ण सेवा ठप्प पार्ने संघको चेतावनी छ ।

यताडा. केसीका मागको सुनुवाइमा सरकार उदासिन भएको भन्दै बुधबारबाट आन्दोलन थालेका आवासीय चिकित्सकले आजदेखि आकस्मीक बाहेका सबै सेवा बहिस्कार गर्ने घोषणा गरेका छन् । डा केसीको जीवन रक्षामा सरकार गैरजिम्मेवार रहेको र सत्याग्रह दमनमा लागेकोले सेवा बहिस्कार गर्नुपरेको आबासिय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डेले बताए ।

प्रतिकृया दिनुहोस