रूसी र जापानी शीर्ष नेतृत्वबीच भेटवार्ता, टापू विवाद ‘ब्रेक थ्रू’ भइहाल्नेमा आशंका

Ffjtrh4etcy21jordtzszxtfzdh7z278

टाेकियाे ।  रूसी तथा जापानी शीर्ष नेतृत्वबीच मङ्गलबार मस्कोमा भेट भएको छ। उनीहरूको भेट विश्वयुद्धको अन्तिम समयतिर तत्कालीन सोभियत संघले नियन्त्रणमा लिएका जापानी टापूबारे दुई देशबीच रहँदै आएको विवाद समाधान गर्ने पहलस्वरूप भएको बताइएको छ।

जापानका ४ कुरिल टापूहरू, जसका कारण रूस र जापानबीच विश्वयुद्धको औपचारिक अन्त्य गर्दै शान्ति सम्झौता हुन सकेको छैन, मा छलफल केन्द्रित भएको बताइएको छ।वार्ताबाट विवादबारे कुनै ‘ब्रेक थ्रू’ भइहाल्नेमा दुवै देशका अधिकारी विश्वस्त छैनन्।

किनकी रूसले युद्धबाट जितेको भनेको टापूहरूलाई सहजै फिर्ता गर्ने सम्भावना छैन भने जापानले आफ्नो भू-भाग गुमेकै अवस्थामा रूससँग घुँडा टेक्ने पनि उत्तिकै अस्वभाविक मानिएको छ।

विवादका विषयमा सन् २०१३ पछि रूसी राष्ट्रपतिका रूपमा भ्लादिमिर पुटिन र जापानी प्रधानमन्त्रीका रूपमा सिन्जो आवेबीच विभिन्न अवसरमा २५ पटक भेट भएको छ। उनीहरूबीचको सहकार्य गर्ने प्रयासमा सधैँ कुरिल टापूहरू, जुन ओखोस्क समूद्र र प्रशान्त महासागरबीच रहेका छन्, नै तगारो बन्ने गरेका छन्।

करिब ७ दशकदेखि कुरिल टापूलाई मस्कोको अधिकार क्षेत्रका रूपमा मान्यता दिन अस्वीकार गरेपछि विवादले निकास नपाएको हो।

बन्द कोठामा वार्ता सुरु हुनुपूर्व रूसी राष्ट्रपति पुटिनले आवेलाई दुवै पक्षका कूटनितिज्ञले वार्ता र शान्तिका लागि सहमतिका बिषयमा प्रशस्त काम गरेको बताएका थिए भने आवेले आफू रूससँग सम्बन्ध विस्तार गर्न इच्छुक रहेको जनाएका थिए।

गत नोभेम्बरदेखि उनीहरूको राम्रो व्यक्तिगत तथा कूटनीतिक सम्बन्धका वाबजुद पनि दुई देशका राजधानीबाट केही दिन पहिले निस्केका विज्ञप्तिले उनीहरूबीच सम्झौता हुन अझै धेरै टाढाको विषय हुने आँकलन गरिएको छ।

रूसको एउटा स्वतन्त्र सर्वेक्षणमा कुरिल टापू जापानलाई फर्काउने विषयमा ७४ प्रतिशत नागरिक प्रस्तावको विपक्षमा देखिएका थिए भने १७ प्रतिशतले शान्ति सम्झौताका लागि रूसले जापानी भूमि फिर्ता गनुपर्ने बताएका थिए।

तर, जापानी प्रधानमन्त्रीले नयाँ jर्षको अवसरमा रूसी नागरिकले अब उनीहरूको बस्तीमाथिको अधिकार परिवर्तन हुने कुरालाई स्वीकार गर्नुपर्ने बताएका थिए। उक्त विषयलाई लिएर मस्कोले जापानी अधिकारीको प्रस्तावको आवेगपूर्ण प्रतिक्रिया दिएको थियो।

रूसी विदेशमन्त्री सर्गेई लाभरोभले जापानले कुरिल क्षेत्रलाई आफ्नो ‘उत्तरी भूमिका रूपमा’ लिन छोडिदिनुपर्ने भन्दै वासिङ्टनसँगको जापानको सैन्य गठबन्धन सहमतिका लागि बाधक बनेको बताएका थिए।

टोकियोले कुरिलमाथिको अधिकार रूसको भएको स्वीकार्नु पर्ने लाभरोभको भनाइ थियो। 'विश्वमा जापानले मात्र किन विश्वयुद्धको परिणामलाई स्वीकार्दैन?,' उनको प्रश्न थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...